नेदरल्यान्ड्स विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्स विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाण्डौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । 

सुपर सिक्समा पुग्न समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाब छ । यदि नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

नेपाल विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । त्यसका लागि बाँकी खेलको नतिजाको हिसाबकिताब हेर्नुपर्ने हुन्छ । नेपाल र नेदरल्यान्ड्स दुवैले एक-एक खेल जितेर समान २ अंक प्राप्त गरेका छन् । तर नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ।

यस्तो अवस्थामा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेमा टोलीको शीर्ष तीनमा रहने सम्भावना रहने छ । त्यसपछि नेपालले नेदरल्यान्ड्स र वेस्ट इन्डीजबीचको लीगको अन्तिम खेलको नतिजा पर्खिनु पर्नेछ।

त्यहाँ यदि नेदरल्यान्ड्सले हार बेहोरेमा नेपाल ४ अंककाका साथ शीर्ष तीनमा रहेर सुपर सिक्समा पुग्ने छ। तर यदि नेदरल्यान्ड्सले वेस्ट इन्डीजलाई हराएको खण्डमा नेपाल र नेदरल्यान्ड्सबीच समान ४ अंक हुनेछ।

यस्तो अवस्थामा जुन टोलीको रन रेट उच्च हुनेछ। त्यही टोली शीर्ष ३ मा रहनेछ ।