विश्व ओलम्पिक वर्ष सफल बनाउन डोटीमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

विश्व ओलम्पिक वर्ष सफल बनाउन डोटीमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

डोटी । हरेक वर्ष बनाउँदै आइरहेको विश्व ओलम्पिक वर्ष सफल बनाउनका लागि डोटीमा पनि मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता गर्दै ओलम्पिक वर्ष बनाएको छ।

प्रत्येक वर्ष २३ जुन लाई लक्षित गर्दै ओलम्पिक खेल वर्ष बनाइन्छ। यसै क्रममा डोटी जिल्लामा पनि मैत्री पूर्ण ब्याडमिन्टन प्रतियोगिताका साथ बनाइएको डोटी जिल्ला ब्याडमिन्टन यसोसियन उपाध्यक्ष कर्ण श्रेष्ठले जानकारी दिए ।

जीवनमा  स्वास्थ्य रहन खेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले स्वास्थ्यको ख्याल राख्दै सम्पूर्ण लाई विभिन्न खेलमा सहभागिता जनाउन ब्याडमिन्टन एसोसिएसन केन्द्रीय सदस्य जगत बहादुर खड्काले सबै खेलाडीलाई आग्रह गर्नु भएको थियो।

केन्द्रको नीति अनुरूप विभिन्न खेल खेल्दै ओलम्पिक वर्ष बनाउने हुँदा हामीले पनि डोटी जिल्लामा मैत्री पूर्ण ब्याडमिन्टन प्रतियोगिता गरी लोगो सहितको भेष्ट र सहभागी लाई स सम्मान सहित प्रमाणपत्र प्रदान गरी कार्यक्रम सम्पन्न गरेको ब्याडमिन्टन एसोसियन केन्द्रीय सदस्य जगत बहादुर खड्काले जानकारी दिए।

ओलम्पिक खेल वर्ष २०२३ सफल गर्ने उद्देश्यले सञ्चालित ब्याडमिन्टन प्रतियोगितामा जिल्लाका विभिन्न ब्याडमिन्टन खेलाडीको सहभागिता रहेको खेल जिल्ला खेलकुद विकास समितिको कवडहल सिलगढीमा सम्पन्न भएको थियो ।