धादिङमा भारतीय बस दुर्घटना हुँदा १५ जना घाइते

धादिङमा भारतीय बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

बसमा ३० जना यात्रुहरु थिए  तीमध्ये १५ जना घाइते भएका छन् भने एक जना बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाका कारण सडकमा सवारी जाम भएपछि दुर्घटनास्थलमा प्रहरी परिचालन गरी यातायात सञ्चालन गरिएको छ ।