आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

धनगढी । देशको पूर्वी तथा मध्य भू-भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । 

आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । 

देशका अधिकांश स्थानमा भारी वर्षा हुने भएकोले बाढीपहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव (debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

खराब मौसमका कारण  सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएको छ ।