बैतडी र दार्चुलामा चट्याङ लागेर पशुचौपाया मरे

बैतडी र दार्चुलामा चट्याङ लागेर पशुचौपाया मरे

बैतडी । बैतडी र दार्चुलामा चट्याङ लागेर पशुचौपाया मरेका छन् । बुधबार राति पुर्चौंडी नगरपालिका १ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ पर्दा उनको गोठमा बाँधेका दुई भैंसी र एक बाख्राको मृत्यु भएको छ ।

यस्तै चट्याङले भण्डारीको घरमा गरिएको विद्युत वाइरिङ नष्ट भएको छ भने मिटर बक्स र दुईओटा मोबाइल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चट्याङका कारण भण्डारीको घरमा एक लाख बढीको क्षति भएको बताइएको छ ।

यस्तै बिहीबार बिहान परेको चट्याङले दार्चुलाको महाकाली नगरपालिका ९ थाप्लाकी २८ बर्षीया कौशादेवी धामी घाइते भएकी छिन् । चट्याङले धामीको गोठमा बाँधेको एक भैंसी समेत मरेको प्रहरीले जनाएको छ ।

घाइते धामीको थाप्ला स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।