धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय बुद्विचाल प्रतियागिता हुने

धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय बुद्विचाल प्रतियागिता हुने

धनगढी । धनगढीमा बुद्विचाल प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रदेश बुद्विचाल संघको आयाजनामा प्रतियागिता हुने भएको हो। असार ९ देखि १३ गतेसम्म ’मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर चेस प्रतियोगिता’ हुने आयोजकले  धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर बताएको छ।

नेपालका ८० जनाको सहभागिता रहने आयोजकले बताएको छ। सुदूरपश्चिम प्रदेश बुद्विचाल संघका अध्यक्ष भीमदत्त पाण्डेयले खुल्लातर्फ प्रथम हुनेले ४० हजार पुरस्कार पाउने छन्। दोस्रोले २५, तेस्रोले १५ हजार, चौथोलाई १० हजार, पाँचौलाई ८ हजार, छैंटौ र सातौलाई ६ हजार पुरस्कार दिईनेछ।

आयोजकका अनुसार आठौदेखि दशौसम्मका सबै खेलाडीलाई ५ हजारका दरले पुरस्कार दिईने छ। महिला तर्फसमेत प्रथम हुनेले २० हजार पुरस्कार पाउनेछन्। महिलातर्फ दास्रोले १५ हजार, तेस्रोले १० हजार पुरस्कार प्राप्त गर्नेछन्। सुदूरपश्चिम (क) तर्फ प्रथम हुनेलाई पाँच हजार पुरस्कार दिइने छ।

द्वितियलाई  चार तथा तृतीयलाई तीन हजार पुरस्कार दिने आयोजकले जनाएको छ। आयोजकका अनुसार सुदूरपश्चिमका विद्यार्थी तर्फ प्रथम हुनेले तीन हजार पुरस्कार पाउनेछ। ईएलो १८००, ईएलओ १६०० र अनरेटेडमा प्रथम हुनेले पाँच हजारका दरले पुरस्कार पाउनेछन्। पुरस्कारमा मात्र आयोजकले २ लाख १० हजार खर्च हुने बताएको छ। प्रतियागितामा खेलकुद परिषदको सहयोग रहेको छ।