जोर्डनको पाँच तारे होटलमा केजिष्टका चक्रले पाए रोजगारीको अवसर

जोर्डनको पाँच तारे होटलमा केजिष्टका चक्रले पाए रोजगारीको अवसर

धनगढी । धनगढीमा रहेको कीर्तिगंगा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी(केजिष्ट)का विद्यार्थी चक्र देउवाले जोर्डनको पाँच तारे होटेल हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसर पाएका छन् । 

केजिष्टमा डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्ययनरत् देउवाले आकर्षक पारिश्रमिकसहित उक्त अवसर पाएका हुन् । केजिष्टले देउवालाई एक कार्यक्रमका बीच विदाई समेत गरेको छ । 

देउवाले आफ्नो करिअरको टर्निङ प्वाइन्टका रुपमा रहेको केजिष्टले आफूलाई सहयोग गरेकोमा सम्पूर्णप्रति आभार व्यक्त गरे । उनले हस्पिटालिटी क्षेत्रमा आफूले भविष्य बनाउँन चाहेको र आफ्नो भविष्यको सहयात्री बनिएकोमा केजिष्ट परिवारप्रति आभार व्यक्त गरे । 

यस्तै केजिष्टका संयोजक गोपाल धामीले देउवालाई बधाईं दिदैँ आगामी दिनका लागि शुभकामना दिए । उनले केजिष्टले अध्ययनसँगसँगै हरेक विद्यार्थीको भविष्य सुनिश्चितताको पनि आधार खडा गरिदिने बताए ।

२०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्टमा मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन् ।