दार्चुलाकी एक महिलाको भिरबाट लडेर मृत्यु

दार्चुलाकी एक महिलाको भिरबाट लडेर मृत्यु

दार्चुला । दार्चुलामा गोठाला गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको हो।

लेकम–५ राताकाठाकी अन्दाजी ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको बुधवार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए। राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए।