दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

लेकम(५ राताकाठा बस्ने ३० वर्षीया कलावती बोहराको बुधबार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए ।

राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए । मृतक बोहराको घरमा तीन छोरी दुई छोरा र श्रीमान रहेका छन् । मृतकको अन्तिम संस्कार भोलि विहान रिठेगाड चिहानमा गरिने बताइएको छ ।