‘दर्पण छाँया २’का नायक नायिकाले  गरे इन्गेजमेन्ट

‘दर्पण छाँया २’का नायक नायिकाले  गरे इन्गेजमेन्ट

काठमाडौं । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् । सो फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन् । 

पारिवारिक समारोहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन् । अबको केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। 

तर, बिबाहको मिति भने सार्बजनिक गरिएको छैन । तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो।