विश्वकप छनोट क्रिकेटमा नेपालको पहिलो जित

विश्वकप छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

नेपालका भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाए । त्यस्तै, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान ३९ रन बनाए । 

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थियो।