अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा नेपालको टिममा एउटा परिवर्तन गरिएको छ । आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण उनी मंगलबार अमेरिकाविरुद्धको खेलमा हुने छैनन् ।

उनको स्थानमा ललित राजवंशी खेल्नेछन् । म्रगलबारको खेलमा अमेरिकी टिमका कप्तान मोनाक पटेल चोटका कारण खेल्ने छैनन् । अमेरिकाका लागि एरोन जोन्सले कप्तानी गर्नेछन् ।