आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज अमेरिकाको सामना गर्दै

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज अमेरिकाको सामना गर्दै

काठमाडौँ । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा आज अमेरिकाको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिकाबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । 

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । जिम्बाब्वेविरुद्ध ब्याटिङमा राम्रो गरेको नेपाल बलिङमा भने चुक्यो ।  

यता अमेरिका पहिलो खेलमा वेस्ट इण्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल पहिलो खेलको फराकिलो हार बिर्सिँदै अमेरिकाविरुद्ध जित निकाल्ने सोचमा छ । सुपर सिक्सको सम्भावना जीवितै राख्न अमेरिकाविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ । 

हेड टु हेडको कुरा गर्दा हालसम्म नेपाल र अमेरिकाले एकअर्काविरुद्ध ६ ओडिआई खेलेका छन् । जसमा नेपालले ३ खेल जितेको छ । नेपाल र अमेरिकाबीचको एक खेल भने टाई भएको छ । अमेरिकाविरुद्ध नेपालले प्लेइङ–११ खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।

नेपालले मंगलबार करण केसीको स्थानमा ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना रहेको हो । नेपालले समूह चरणअन्तर्गत बिहीबार वेस्ट इण्डिज र शनिबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ । 

प्रतियोगिातको दुवै समूहबाट शीर्ष तीनरतीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टिम यही वर्षको विश्वकपमा छनोट हुनेछन् । 

नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद (विकेटकिपर) सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, गुलशन झा, प्रतिश जि.सी र किशोर महतो ।