आदिपुरुष विवादमा आएपछि भारतीय कम्पनीले बालेनलाई माफी पत्र पठायो

आदिपुरुष विवादमा आएपछि भारतीय कम्पनीले बालेनलाई माफी पत्र पठायो

काठमाडौं । नेपालमा चलचित्र आदिपुरुषबारेको विवाद चर्केपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाउँदै स्पष्टीकरण दिएको छ । 

कम्पनीले इमेलमार्फत पठाएको पत्रमा चलचित्र आदिपुरुषमा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभएर सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरिएको दाबी गरिएको छ । 

यद्पि नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए पत्रमार्फत माफी पनि मागिएको छ । नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए माफी चाहन्छौँ । यो कहिले पनि जानाजानी असमानताको कारण थिएनु, पत्रमा उल्लेख छ । 

कम्पनीका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित पत्रमा संसारका सबै महिलाहरूको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको उल्लेख गर्दै आदिपुरुषलाई कलात्मक प्रदर्शनको रूपमा ग्रहण गर्न आग्रह गरिएको छ । 

चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद. आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगाुमा जन्मस्थानको कुनै सन्दर्भ छैनु, पत्रमा भनिएको छ ।