एनसेलको नयाँ अफर

एनसेलको नयाँ अफर

काठमाडौं । एनसेलले सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल-नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भ्वाइस प्याक ल्याएको जनाएको छ ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने अनलिमिटेड टकटाइम रहेका प्याकअन्तर्गत ग्राहकले एकदिने अल-नेट अनलिमिटेड भ्वाइस प्याक, एकदिने अन-नेट अनलिमिटेड भ्वाइस प्याक वा सातदिने अन-नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्ने बताइएको छ ।

एकदिने अल-नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म नेपालका देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरमा अनलिमिटेड भ्वाइस सेवा फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । एनसेलका अन्य नम्बरमा २४ घण्टासम्म अनलिमिटेड कल गर्न सकिने एकदिने अन-नेट अनलिमिटेड टकटाइम करसहित ३० रुपैयाँमा सुचारु गर्न सक्ने बताइएको छ ।

एनसेलका अन्य नम्बरमा कुराकानी गर्न धेरै टकटाइम आवश्यक भएका ग्राहकले सातदिने अन-नेट अनलिमिटेड प्याकलाई करसहित एक सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।