जंगलमा बाघले क्यामरा लिएर भागेपछि....................

जंगलमा बाघले क्यामरा लिएर भागेपछि....................

महाराष्ट्रको चन्द्रपुर जिल्लाको ताडोबा टाइगर रिजर्भ पार्कमा पुगेका एक पर्यटकको हातबाट प्रोफेसनल क्यामरा खस्यो । क्यामरा खसेपछि बघिनी र उसका डमरुहरूले क्यामरा च्याप्पे समाते र जंगलभित्र पसे । 

पर्यटकहरूले जीपबाट झरेर क्यामरा फिर्ता लिन खोज्दा बघिनी र उसका डमरुहरू जीपतर्फ दौडिए । अनि त पर्यटकहरू ज्यान जोगाउन वन विभागको कार्यालय गए ।

त्यहाँ पुगेर पर्यटकहरूले अधिकारीहरूलाई सबै कुरा बताए । त्यसपछि पर्यटक र वन अधिकारीहरू ताडोबा जंगलमा गए ।निकै खोजेपछि वन अधिकारीहरूले नजिकैको झाडीमा क्यामरा भेटे । त्यो फुटिसकेको थियो । 

तर यो घटनाक्रमको तस्वीर अर्का पर्यटकले आफ्नो क्यामरामा कैद गरे । तस्वीरहरूमा बाघको डमरुले क्यामरा लिएर कुदेको देखिन्छ ।