डोटीकी एक महिलाको भारतमा बलात्कारपछि हत्या

डोटीकी एक महिलाको भारतमा बलात्कारपछि हत्या

धनगढी । डोटीकी एक महिलाको भारतमा हत्या भएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भई हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो । 

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी श्रीमान् अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन् । उनका श्रीमान् कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए ।

उनका अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना  अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको भनेर प्रहरीले बताइरहेको छ । प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन् ।