रामायण बेसमा आधारित फिल्म 'वानर सेना’को टिजर सार्वजनिक

रामायण बेसमा आधारित फिल्म 'वानर सेना’को टिजर सार्वजनिक

फिल्म ‘वानर सेना’को टिजर सार्वजनिक भएको छ । 

फिल्मको टिजर काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच रिलिज गरिएको हो । फिल्ममा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

अर्पण गिरी ९अर्मान जंग०को निर्देशन रहेको फिल्म विजया दशमीको अवसर पारेर प्रर्दशनमा आउने निर्माण पक्षले जनाएको छ । 

युवराज गिरी निर्माता रहेको यो फिल्म गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको हो । रामायण बेसमा आधारित रहेर तयार पारिएको यो फिल्म नेपालकै पहिलो फिल्म हुने निर्माण पक्षको दावी छ । 

अर्पणले क्यानडाको विनिवेगमा फिल्म सम्बन्धी अध्ययन गरेका छन् । उनले फिल्म  निर्माणका लागि तीन वर्ष अनुसन्धान गरेका थिए । फिल्ममा निर्देशक अर्पणकै कथा, पटकथा, सवाद र गीत, जोनी तामाङ र अर्पणकै संगीत, नारायण रिजालको कोरियोग्राफी, विन्दु सापकोटाको छायांकन, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालको कलर र सत्यम रानाको भीएफएक्स छ ।