हिन्दी फिल्म प्रदर्शनमा बालेनले रोक लगाए

हिन्दी फिल्म प्रदर्शनमा बालेनले रोक लगाए

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको छ । नगरप्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका हुन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि नसच्चिएसम्म काठमाडौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले उल्लेख गरेका छन् ।

यो सच्याउन उनले तीन दिनको समय दिएका छन् । अन्त्यमा उनले लेखेका छन्, ‘माता सीताको जय होस् ।’