मोबाइल एप डाउनलोड गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

मोबाइल एप डाउनलोड गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरेर प्रयोग गर्छौं । 

यद्यपी एप डाउनलोड गर्नु सामान्य काम हो तर कहिलेकाँही यही सामान्य काम राम्रोसँग नगर्दा असमान्य हुन पुग्छ । एप डाउनलोड गर्दा ध्यान नदिदा हामीले साइबर आक्रमणका घटना भोग्नु परिरहेको हुन्छ ।

आज हामी तपाईलाई कुनै पनि मोबाइल एप डाउनलोड गर्नु पूर्व ध्यान दिनु पर्ने कुराको बारेमा जानकारी दिदैछौं । 

उदेश्य 

एप डाउनलोड गर्नुपुर्व मलाई कुन प्रयोजनका लागि एप चाहिएको हो र यसले मेरो आवश्यकता पुरा गर्छ कि गर्दैन भन्ने कुरा निर्धारण गर्नु आवश्यक छ ।

अनुकुलता 

एप मोबाइलमा डाउनलोड गर्नुपूर्व उक्त एप मोबाइलको अपरेटिंग सिस्टम र सस्करणसंग मेल खान्छ कि खाँदैन हेर्नुपर्छ । किनकि यही कुरामा ध्यान नदिनाले एपहरु खराब हुन र काम नगर्न सक्छन् ।  

साइज 

हामीले एप डाउनलोड गर्नु अगाडि त्यसको साइज वा आकारलाई जाँच गर्नुपर्छ । एपले तपाइको मोबाइल स्टोरेजमा कति ठाउँ लिन्छ वा कार्यसम्पादनमा बाधा उत्पन्न हुन्छरहुदैँन वा एप ढिलो चल्ने समस्या आउछ वा आउदैन आदि । 

मूल्य 

कुनै पनि एप डाउनलोड गर्नु अगाडि एप सःशुल्क वा निस्शुल्क के छ भनेर हेर्नुपर्छ । सःशुल्क भए एपको लागत मूल्य लायक छ वा छैन विचार गर्नुपर्छ । एप निस्शुल्क छ भन्दैमा वा सःशुल्क एपलाई ब्राउजरमा गई विभिन्न वेबसाइटहरुमा गएर डाउनलोड गर्नु हुँदैन।

सुरक्षा

यस अन्तर्गत एप डाउनलोड गर्दा एप सुरक्षित छरछैन, व्यक्तिगत डाटा र जानकारीलाई जोखिममा राख्छरराख्दैन् । अनावश्यक प्रमिसनहरु माग्छरमाग्दैन जस्ता पक्षलाई ध्यानमा राख्नुपर्छ ।

समीक्षा र मुल्यांकन 

अब एप डाउनलोड गर्नु पहिले अन्य प्रयोगकर्ताले यस एप सम्बन्धि के कस्ता आफ्नो धारणा, प्रतिक्रिया वा अनुभव जाहेर गरेका छन्, एपको डाउनलोड रेट कस्तो छ जस्ता स(साना कुराहरु को पनि विश्लेषण गर्नुपर्छ ।

अन्य 

अन्त्यमा एप डाउनलोड गर्ने निश्चित भएपछि एपका विकासकर्ता, उनीहरुले बनाएका अन्य एपहरु, एपहरु नियमित अध्यावधि गरिएको छ कि छैन् । विज्ञापनहरु छ कि छैन् जस्ता पक्षहरुमा विचार गर्नुपर्छ ।

यसका अतिरिक्त एपमा सहज तथा सजिलो इन्टरफेस छ कि छैन, भ्रामक वा जटिल जटिल इन्टरफेस भएरनभएको र एप अनलाइन वा अफलाइन कुन प्रयोजनका लागि बनाइएको जस्तो कुरामा ध्यान दिनुपर्छ।