ईसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने मौका

ईसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने मौका

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले आफ्ना ग्राहकको लागि नयाँ अफर लिएर आएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले ईसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा विद्युतीय स्कुटर कोमाकी जित्न सक्नेछन् । 

यो अभियानमा सहभागी हुन प्रयोगकर्ताले एनटीसी को प्रिपेड, पोस्टपेड वा डेटा प्याक ईसेवाको एप वा वेबसाइट मार्फत खरिद गर्नुपर्ने हुन्छ । यो अफर असार १५ सम्म लागि मात्र लागू हुनेछ । 

साथै यस अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्मको क्याशब्याक पनि प्राप्त गर्न सकिन्छ । क्याशब्याक भने रिचार्ज गरेको २४ घण्टा भित्र ईसेवा वालेटमा जम्मा हुनेछ ।

रिचार्ज गर्दा 'KOMAKI9' प्रयोग गरेमा ९ प्रतिशत क्याशब्याक र 'KOMAKI10' प्रयोग गरेर १० प्रतिशतसम्मको क्याशब्याक पाउन सकिन्छ । 
त्यस्तै यस अवधिभर अभियानमा सहभागी हुने प्रयोगकर्ताले मध्ये एकजनाले कोमाकीको विद्युतीय स्कुटर जित्नेछ । 

कोमाकी फ्लोरा एक विद्युतीय स्कुटर हो जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिन्छ जसमा ३००० वाटको मोटर जडान गरिएको छ ।