सरकारलाई सुझाव दिने हो मान्ने नमान्ने उहाँहरुमा भर पर्छः प्रदेश सभा सदस्य जोशी

सरकारलाई सुझाव दिने हो मान्ने नमान्ने उहाँहरुमा भर पर्छः प्रदेश सभा सदस्य जोशी

आज भोली केमा व्यस्त हुनु हुन्छ ?

मैले पाएको जिम्मेवारी पुरा गर्नलाई लागी परेको छु । मलाई डडेल्धुराका जनताले बिश्वास मानेर जिताए पछि उहाँहरुको कामको समस्या समाधानको लागी काम गरी रहेको छु । 

तपाई स्वतन्त्र साँसद हुनुहुन्छ ? अरु साँसदहरुले हेर्ने दृष्टिकोण कस्तो छ ?

सदनमा मलाई अरु साँसदहरुले त्यस्तो कुनै खराब नजरबाट हेर्दैनन् । जसरी अरु साँसदहरुले आफ्नो पार्टीको साँसदहरुलाई हेर्नुहुन्छ त्यसरी नै हेर्छन । साथीभाईका नजरले हेर्नु हुन्छ । 

अरु राजनितिक दलहरुले तपाईलाई हेप्ने चेप्ने प्रवृति छैन है ?

त्यो आफुले गर्ने व्यवहार हो । आफुले अरुलाई जसरी हेर्छु, उसले पनि मलाई त्यसरी नै हेर्छन । उहाँलाई जनताहरुको अपेक्षा अनुसार नै आउनु भएको भन्ने सबैलाई थाहा छ । स्वतन्त्र मान्छेले चुनाब जित्नु भनेको समान्य कुरा होईन भन्ने उहाँहरुलाई सबैलाई थाहा छ । 

यो सरकारको बजेट, सिद्धान्त र प्राथमिकता कसरी गर्नु हुन्छ ?

उहाँले बिनियोजित शिर्षकका सिद्धान्त र प्राथमिकता डकुमेन्ट प्रस्तुत गर्नु भएको छ । जे आवश्यकता सुदूरका जनताको छ । जे आवश्यकता प्रदेशको छ । त्यो काम गर्नु पर्दछ । जुन अहिले तराईका दुई जिल्लामा बसाई सराईको बिकराल बन्दै छ । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ । यो बारेमा सरकारले समयमा नै ध्यान दिनु आवश्यक छ । सिद्धान्तमा नै टेकेर बजेट ल्याउने होला । प्राथमिकतालाई अझै व्यवस्थीत गर्नुहोस । यसमा खास गरी मेरो धेरै आपत्ती छ । 

सुदूरपश्चिमको बिकासका लागी तपाई संग केके एजेण्डाहरु छन् ?

मेरो भुमिका दुई तिन वटा कुरामा हुन्छ । पहिले त म प्रतिपक्षा साँसद हो । प्रतिपक्षको बेन्चमा बस्दै गर्दा मैले बैकल्पिक योजना दिन सकु । प्राथमिकतालाई सहयोग गरेर प्राथमिकलाई यसरी दिन सकिन्छ भने सुझाब दिने हो । मैले पटक पटक सदनमा मेरा एजेण्डाहरुलाई उठाईरहेको छ । उहाँ प्राथमिकतामा अलमल हुनु भयो भने वा कुनै कुरा भुल चुक भयो भने मैले सुझाब दिने हो । जस्तै शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, बजारलाई कसरी बजारीकरण गर्न सकिन्छ भन्ने लगायतमा सुझाब दिने हो । सरकारलाई सकारात्मक कामका लागी सधै साथ सहयोग हुन्छ । मेरो दबाबमा सुदूरपश्चिम प्रदेश सरकार कति सचिन्छ र कति मान्छ भन्ने कुरा उहाँहरुको हो । सरकारलाई केही न केही दवाब दिएको छु । 

यो सरकार कतिको सम्बेदन शिल छ त ?

दुई कुरामा सम्बेदन सिल हुनु पर्दछ । एउटा उहाँहरु हामी आफै केही गर्न सक्दैन भन्ने धारणमा छन् । यो कुरा मलाई खड्केको कुरा हो । मन्त्रीपरिषद् पनि उहाँहरुले आफै बिस्तारित गर्न सक्दैन्न भने अरु के गर्दछन त ? यो सरकार बाट हामीले केही अपेक्षा गरेको छैनौं । हामीले कस्ता खालका योजनामा प्रथामिकता पर्छ भन्ने प्रस्ट छैन सरकार । यताको कुराहरुलाई हामीले कसरी प्राथमिकता दिनु पर्छ भन्ने धारणा पनि छैन । उहाँहरुमा धेरै नराम्रो गरौं भन्ने भवाना पनि छैन । राम्रो गर्न खोजीरहेका हुन्छन तर सक्दैन ।