अभिनेता मंगल ढिल्लनको निधन

अभिनेता मंगल ढिल्लनको निधन

बलिउड चलचित्र तथा टीभी सिरियलका चर्चित अभिनेता मंगल ढिल्लनको निधन भएको छ।लुधियानाको क्यान्सर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा निधन भएको हो। 

उनले ‘खून भरी माङ’, ‘दलाल’ र ‘तुफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए। मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टि गरेको हो।

उनको निधनको खबर अभिनेता यशपाल शर्माले पनि फेसबुक पोस्टमार्फत पुष्टि गरेका छन्। 

शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंह बादलले मंगल ढिल्लनको निधनप्रति दुःख व्यक्त गरेका छन्।मंगल ढिल्लन पञ्जाबको फरीदकोटका बासिन्दा थिए।