नेपाल प्रेस युनियन कैलालीको अधिवेशन जेठ ३२ गते

नेपाल प्रेस युनियन कैलालीको अधिवेशन जेठ ३२ गते

धनगढी । नेपाल प्रेस युनियन कैलालीको अधिवेशन जेठ ३२ गते गर्ने तयारी गरिएको छ ।

युनियनका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले अधिवेशन जेठ ३२ गते गर्ने निर्णय गरेको हो ।

‘जिल्ला अधिवेशन यही जेठ ३२ गते धनगढीमा आयोजना गर्ने’ सो निर्णयमा भनिएको छ ।

युनियनका सचिव सिताराम ओझाले बैठकले जेठ ३२ गते अधिवेशन गर्ने निर्णय गरेसंगै केन्द्रिय कार्यालयमा पत्र पठाइ जानकारी गराएको बताए । उनले भने –‘अधिवेशनका लागि केन्द्रबाट प्रतिनिधि खटाइदिन अनुरोध गरि पत्र पठाइएको छ ।’