फिल्म निर्देशक जि.बि आग्री सम्मानित

फिल्म निर्देशक जि.बि आग्री सम्मानित

धनगढी । निर्देशक जि.बि आग्री सम्मानित भएका छ्न । डेढ दशकदेखि राजधानीमा रहेर चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका निर्देशक आग्री सुदुरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा प्रदान गरीएको “सुपक राष्ट्रिय सम्मान २०८०” बाट शुक्रबार सम्मानित भएका हुन । कञ्चनपुर पुनर्वासका स्थायी बासिन्दा आग्री  काठमाडौमा चलचित्र निर्माता र निर्देशकको रुपमा कार्यरत छन ।

आफ्नै कम्पनी रागभिजन मल्टिमुभिज प्रा.ली. खोलेर सक्रिय रुपमा चलचित्र र म्युजिक भिडियो निर्माण गरीरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र फुटपाथ, शर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माण देखी सयौं म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन ।

निर्देशक आग्रीले ऐतिहासिक कथानक भिडियो “हजुर मुसुक्कै” निर्माण तथा निर्देशन गरीसकेका छ्न, जुन केही समय अघि निकै चर्चामा रहेको थियोे । जसमा महानायक राजेश हमाल र निरुता सिंहले अभिनय गरेका थिए ।

उनी नेपाल चलचित्र निर्माता संघ र म्युजिक भिडियो निर्देशक समाज मेम्बर समेत रहेका छ्न ।

बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ बाट सर्वोत्कृष्ट म्युजिक भिडीयो निर्देशक अवार्ड सम्मानित भईसकेका आग्री दोस्रो बेलौरी कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ द्वारा पनि सम्मानित भैसकेका छ्न ।

त्यसैगरि उनी रुप्शा कालिकोट सांस्कृतिक मेला २०७४ द्वारा पनि सम्मानित भएका थिए । उनको योगदानको मूल्यांकन गर्दै “सुदुरपश्चिम श्रष्टा सम्मान २०७७” टिकापुर कैलालीले पनि उनलाई सम्मानित गरेको थियोे ।

शर्ट मुभी फेस्टिभल २०१४ मा उनले निर्माण गरेको “आर्मी एक परिचय” मार्फत उनी सम्मानित भएका थिए ।
त्यसैगरी ६० सेकेन्ड शर्ट मुभी फेस्टिभल २०१५ मा “आधा” नामक शर्ट मुभीबाट पनि उनी सम्मानित भैसकेका छ्न ।