भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप

भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाए ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरे ।

प्रधानमन्त्री दाहालले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे।

नुवाकोट र काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषयमा आफूले तयारी गरीरहेको उनको भनाई छ । यस क्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कठोर ढंगले दृढ कदम चाल्ने संकल्पका साथ आफ्नो सरकार अगाडि बढेको बताए ।