निर्धारित समयनै मान्दैन्न प्रदेश सभा सदस्य

निर्धारित समयनै मान्दैन्न प्रदेश सभा सदस्य

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा दुई जनाको सभामुख भीमबहादुर भण्डारीले माइक काँटे । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टको सभामा बोल्दाबोल्दै सभामुख भण्डारीले माइक काँटेका हुन् ।

सभामुख भण्डारीले नेता रावललाई समय नतोकेपनि दुई पटक सुझाव सक्न आग्रह गरे । त्यसैमा रावलले थप सुझाव रहेको भन्दै गर्दा सभामुख भण्डारीले माइक काँटेपनि उनको भाषण जारी रह्यो । सभामुख भण्डारीले माइक काटेको एक मिनेटपछि रावलले सभामा भाषण बन्द गरे ।

सभामा दोस्रो पटक भाग लिएका मेखराज खडकाले समयमै आफना कुरा व्यक्त गरे पनि नेकपा माओवादी केन्द्रका खगराज भट्टले सभामा भाग लिदैं निर्धारित समयको पालना गर्न सुझाव दिए । तर, उनैलाई दिईएको १५ मिनेट भन्दा बढी बोल्दा सभामुख भण्डारीले माइक काटे ।

यो पहिलो पटक भने होइन । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन चलिरहँदा सभामुखले निर्धारण गरेको समयमा भन्दा बढी समय लिएपछि सभामुख भण्डारीले माइक काटिरहेका थिए ।

संसदीय दलका नेता भट्टले नीति तथा कार्यक्रमको छलफलमा भने –‘हामी संसदीय मर्यादातालाई कायम राखौं । केही दिन यता सभामुखले तोकेको निर्धारित समयभन्दा बढी समय हामी सभामा बोल्छौं । यसको मर्यादाता बुझौं । तोकिएको समयको पालना गरौं ।’ तर, उनैले निर्धारित समयभन्दा बढी बोल्दा माइक काटिएको थियो । उनलाई सभामुखले १५ मिनेटको समय दिएका थिए भने उनले १८ मिनेट बोल्दा सभामुख भण्डारीले माइक काटे ।

सभामुख भणडरीले माइक काटेको यो पहिलो घटना होइन । शुन्य तथा विशेष समयमा बोल्दा सभामुख भण्डारीले पटक–पटक माइक काटेका थिए । त्यसैलाइ समर्थन गर्दा भट्टले तोकेको समयभन्दा बढी लिँदा माइक काटिएको थियो । त्यसअघि रावललाई समय नतोकिएपनि दुई पटक सभामुख भण्डारीले समय सक्न जानकारी गराए । रावलले बोली जारी राखेपछि सभामुख भण्डारी माइक काट्न बाँध्य भए । सभामुख भण्डारी भन्छन् –‘निर्धारित समय कार्य परामर्श समिति बैठकमै निर्धारण हुन्छन् । हामीले त सभामा सचेत गराउने हो । अब बढी समय लिए माइक त काट्नै पर्यो ।’

नेकपा माओवादी संसदीय दलका नेता भट्टले निर्धारित समय कार्यपरामर्श समितिको बैठकमै तय भएको हुन्छ तर, पटक–पटक हामीले देखिरहेका छौं । निर्धारित समयभन्दा बढी बोल्दा माइक काटिएका छन् । यसमा हामी प्रदेश सभा सदस्यहरुले सुधार गर्नुपर्छ ।’