‘सक्किगोनी’ भाग ३ को चौतर्फी चर्चा

‘सक्किगोनी’ भाग ३ को चौतर्फी चर्चा

धनगढी । हास्य टेलिशृंखला ‘सक्किगोनी’ सिजन ३ को भाग ३ ले छोटो समयमा नै चर्चा पाएको छ । नेपाली समाजको यथार्थ चित्र बोकेको उक्त टेलिशृंखलाले देश तथा विदेशबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गत जेठ ११ गतेबाट शुरु भएको सक्किगोनीको भाग ३ ले हालसम्म तीनवटा भाग प्रशारण गरिसकेको छ । सक्किगोनीको यो भागमा रोजगारीको सिलसिलामा परदेशिएका युवाले कस्तो यातना र  हैरानी खेप्छन् भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले लेखेको कथामा परदेशमा आफ्नै नेपाली दाजूभाईले कस्तो व्यवहार गर्छन् अनि अन्य देशका मानिसले गर्ने व्यवहारलाई प्रस्तुत गरिएको छ ।

साथै, विदेशीएका युवाले नेपालमा रहेका आफ्नी प्रेमी प्रेमिकालाई कसरी शंका गर्न थाल्छ अनि त्यो भुमरीमा कसरी फस्छ भन्ने कुरालाई जोडदार रुपमा प्रस्तुत गरिएको छ ।

उसो त उक्त भागलाई विदेशीएका युवायुवतीहरुले निकै रुचाएका छन् । टेलिफिल्मको लेखक तथा निर्देशक घिमिरे यो इपिसोड सार्वजनिक भएपछि विदेशमा रहेका नेपाली दाजूभाईहरुको फोन तथा म्यासेज उल्लेख्यमा मात्रामा आइरहेका बताउँछन् । ‘हामीले निकै राम्रो प्रतिक्रिया पाइरहेका छौँ, हामीलाई विभिन्न माध्यमबाट फोन गरेर नेपाली युवाहरुले हाम्रो कथालाई यथार्थपरक ढंगले प्रस्तुत गरिदिनुभएको भन्दै धन्यावद दिइरहनु भएको छ,’ उनले भने, ‘अझै कति त आफ्नै कथा जस्तो ठानेर डाँको छोड्दै रुनुसमेत भयो ।’

टेलिफिल्ममा घिमिरे, कट्टेलसँगै सिपी पुडासैनी, सुस्मिता कुँवर, सन्जिता पाण्डे, कबिराज भाम, रश्मी पाण्डे, कमलमणी नेपाल, दीपमक आचार्य, सागर लम्साल, हरी निरौला, गोविन्द कोइराला, मधुसुदन पाठक, रक्षा श्रेष्ठ, प्रियना आचार्य, सितादेवी घिमिरे, राम भजन कामत, पुरुषोत्तम आचार्य, रबि खनाल, भिमा मैनाली उप्रेती, सिर्जना अधिकारी, संगम भण्डारी, बिनोद श्रेष्ठ, सरोज कुँवर, निमेश गुरागाइँ लगायतका कलाकारको अभिनय रहेको छ ।