काँग्रेस कैलालीले जिल्ला उपसभापति बडुवाललाई स्पष्टीकरण सोध्ने

काँग्रेस कैलालीले जिल्ला उपसभापति बडुवाललाई स्पष्टीकरण सोध्ने

धनगढी । नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भिम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ ।
नेपाली काँग्रेस कैलालीको १२ औ जिल्ला समितिको कैलालीको चुरे ५ सहजपुरमा बसेको बैठकमा सम्मेलनको समिक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिको उक्त निर्णय गरेको हो ।

‘जिल्ला सम्मेलन अघि लम्कीमा सम्पादन समितिले बैठकले एजेण्डा पारित गरेको थियो’ बैठकमा जिल्ला सदस्य लोकेन्द्र भण्डारीले भने–‘यो संगठन बिधि र प्रकियाले चल्ने हो, कसरी आयो फरक प्रस्ताव अयो ।’ यसले पार्टीलाई नै कमजोर बनाउछ उनले भने । बैठकमा यसका बारेमा घनिभुत छलफल हुनुपर्छ भण्डारीले भनेका थिए । यसरी फरक ऐजेण्डा प्रस्तुत गरेर जिल्ला समितिमा भाड भैलो गरेकोले पार्टीको छवि जिल्ला राम्रो सन्देश नगएको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १का सभापति प्रकाश शाहले बैठकमा कुरा उठाएका थिए । बैठकमा सहभागिहरुले यसका बारेमा उपसभापति बडवाललाई जवाफ माग्न दवाब दिएका थिए । बैठकमा भने उपसभापति बडवाल उपस्थिती थिएनन् ।

बैठकले कैलालीमा आगामी असार ९ गते देखी १५ गते सम्म सप्ताहव्यापी धान दिवस सबै क्षत्रिय समितिले मनाउने निर्णय गरेको छ । १५ गते भने किसान महासंघको संयोजनमा नेपाली काँग्रेस कैलालीले जिल्ला स्तरमा धान दिवसको निर्णय गरेको छ । त्यसै गरी असार महिना भित्र वडा स्तरमा कृयाशिल सदस्यता नविकरण, पालिकाले वडाले सिफारीस गरेको दुई हप्ता भित्र, प्रदेश सभा र क्षेत्रिय कार्यसमितिले पालिकाले सिफारीस गरेको दुई हप्ता भित्र जिल्ला समितिलाई पठाई एक महिना भित्र जिल्ला समितिले गरि सक्ने निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव केशब मिश्रले जानकारी दिए ।

पार्टीको जिल्लामा रहेका भातृ तथा सुभेच्छुक संगठनको हरेका तिन महिनामा प्रगति रिपोर्टी माग्ने र चलायमान बनाउने कार्यक्रम अघाडी बढाउने समेत निर्णय गरेको छ । बैठक नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको थियो । बैठकमा व्यबस्थानमा स्थानीय क्षेत्रमा सहयोग गरेकोमा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४की महासमिति सदस्य तथा चुरे गाँपालिकाकी उपाध्यक्ष धना थापालाई समेत धन्यवाद दिएको थियो ।