नेपालमा आज भेटिएनन् कोरोना संक्रमित

नेपालमा आज भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १ हजार ३८ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।

आज थप ३ जना भने संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। त्यस्तै, देशभर ११ जना सक्रिय संक्रमित रहेका छन् ।