चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन

चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन

काठमाण्डौँ । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २५ औँ खेलमा थ्री स्टार क्लबसँग गोल रहित बराबरीमा रोकिएसँगै चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन भएको हो ।

चर्च ब्वाईजले मच्छिन्द्रलाई पहिलो लेगमा गोल रहित बराबरी र दोस्रो खेलमा २–१ ले हराएको आधारमा ४४ औँ संस्करणको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन भएको हो ।

पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाईज लिगको उपाधि उचाल्ने १६ औँ टोली भएको छ । यसअघि मनाङ मर्स्याङ्दी फुटबल क्लबले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसिटी) ले ६ पटक लिगको उपाधि उचालेको छ ।