२२ वर्षपछि पुन:रिलिज हुँदै ‘गदर: एक प्रेम कथा’

२२ वर्षपछि पुन:रिलिज हुँदै ‘गदर: एक प्रेम कथा’

काठमाडौं । बलिउड अभिनेता सनी देवल यतिबेला फिल्म ‘गदर २’ का कारण चर्चामा छन्। सन् २००१ मा रिलिज भएको फिल्म ‘गदर : एक प्रेम कथा’ बक्स अफिसमा निकै सफल भएको थियो। सोही फिल्मको दोस्रो भाग अहिले गदर २ रिलिजको तयारीमा छ।

यसैबीच फिल्म गदर : एक प्रेम कथा २२ वर्षपछि पुनस् फिल्म हलहरुमा रिलिज हुन लागेको छ। यसको जानकारी स्वयं सनी देवलले दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गदर : एक प्रेम कथा’ ९ जुनमा २२ वर्षपछि दर्शकसामुन्ने आउँदैछ।’

सनीले लेखेका छन्, ‘उही प्रेम, उही कथा तर अलग महसुस। गदर एक प्रेम कथा दोस्रो पटक हलमा फर्किँदैछ।’ यो फिल्मको ट्रेलर भने रिलिज भइसकेको छ।

फिल्म गदर २ भने आगामी ११ अगस्ट २०३३ मा हुँदैछ। यो फिल्मको निर्देशन अनिल शर्माले गरेका छन्। यो फिल्ममा पनि सनि र अमिषा पटेलको मुख्य भूमिका रहेको छ।