ए डिभिजन लिगः तीन चरणको खेल बाँकी

ए डिभिजन लिगः तीन चरणको खेल बाँकी

काठमाण्डौ । शहीद स्मारक ुएु डिभिजन लिगमा २३ औँ चरणका खेल सकिँदासम्म उपाधि कसले जित्ने र ुरेलिगेशन जोनु मा को पर्छ भन्ने टुङ्गो छैन । लिग अन्त्यको सङ्घारमा आइपुगेको अवस्थामा तीन चरणका खेलमात्र बाँकी छन् ।

बाँकी तीन चरणमा कसले कोसँग खेल्ने भन्ने निश्चित भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समीकरण प्रतिस्पर्धात्मक बनेको छ ।

यसै सिजन बढुवा भएको चर्च ब्वाइज युनाइटेडले स्टार खेलाडीलाई समेट्दै लिग सुरु गरेसँगै २३ औँ चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अङ्क बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाइजले ११ खेलमा जित निकाल्दा आठ खेलमा बराबरी र चार खेल गुमाउन पुगेको छ ।

चर्च ब्वाइजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अङ्कले मात्र पछि रहेको मच्छिन्द्रले २३ औँ चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा नौ खेलमा बराबरी र चार खेलमा अङ्क सुम्पिएको छ ।