कर्नाटकमा आईफोन कारखाना, बर्सेनि २ करोड बनाउने लक्ष्य

कर्नाटकमा आईफोन कारखाना, बर्सेनि २ करोड बनाउने लक्ष्य

काठमाडौं । अमेरिकी कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आउँदो वर्षदेखि भारतको कर्नाटकमा पनि आईफोन उत्पादन गर्ने भएको छ ।

आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने दाबी कर्नाटक सरकारको दाबी छ ।

फक्सकनले गत महिना मात्रै बैंगलोर नजिकै १२ लाख स्क्वायर किलोमिटर जमिन किनेको घोषणा गरेको थियो ।

कर्नाटक सरकारका अनुसार फक्सकनले १ अर्ब ५९ करोड डलर लगानी गरेको छ ।