क्यालेसथेनिस फिटनेस पार्क सञ्चालन

क्यालेसथेनिस फिटनेस पार्क सञ्चालन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा क्यालेसथेनिस फिटनेस पार्क सञ्चालनमा आएको छ ।

वडा कार्यालयको सहयोग र फारवेष्ट फिटनेसको समन्वयमा निर्माण भएको पार्क बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

वडाभित्र रहेका युवायुवति तथा बालबालिकाहरुलाई स्वस्थ राख्न र ज्येष्ठ नागरिकलाई आराम स्थल बन्न सक्ने गरि पार्क निर्माण गरिएको वडा अध्यक्ष गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनले भने –‘शाररिक अभ्यास गर्नका लागि पार्कभित्र विभिन्न सामाग्री बनाइएको छ भने हरियालीमा बालबालिका, युवायुवति तथा ज्येष्ठ नागरिकका लागि विहानी दौड गर्न सक्ने स्थलका रुपमा विकास गरिएको हो ।’

उनका अनुसार पार्कभित्र वडा कार्यालयको एक लाख तथा केही रकम फारवेष्ट फिटनेसको लगानी रहेको छ ।

No description available.

No description available.

No description available.