साईन नेपालद्वारा कैलाली प्रशासन र सशस्त्र प्रहरीलाई प्रिन्टर र कम्प्युटर हस्तान्तरण

साईन नेपालद्वारा कैलाली प्रशासन र सशस्त्र प्रहरीलाई प्रिन्टर र कम्प्युटर हस्तान्तरण

धनगढी । मानवीय सेवामा अनेकौँ प्रयास (साईन नेपाल) गैरसरकारी संस्था धनगढीले जिल्ला प्रशासन कार्यालय कैलाली र सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेड क्वाटरलाई प्रिन्टर र कम्प्युटर प्रदान गरेको छ।

संस्थाको सिएआर २२ कार्यक्रम अन्तर्गत कार्यालय व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय कैलालीलाई कलर प्रिन्टर एक थान र सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेड क्वाटरलाई एक थान कम्प्युटर र एक थान कलर प्रिन्ट हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

साईन नेपालले स्वास्थ्य शिक्षा, कृषि, आर्य आर्जन, विपद् लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ। यस अघि पनि संस्थाले सुदूरपश्चिमका सुरक्षा निकायहरूलाई पनि प्रिन्टर र कम्प्युटर हस्तान्तरण गरेको थियो ।