स्पिनर सन्दीप दक्षिण अफ्रिका नजाने

स्पिनर सन्दीप दक्षिण अफ्रिका नजाने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका नजाने हुनुभएको छ । 

विश्वकप छनोट अघि अन्तिम तयारी गर्न नेपाली टोली मङ्गलबार (आज) राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनुभएका सन्दीपलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकिएको क्यानले जनाएको छ ।

तर क्यानले जेठ १५ गते घोषणा गरकेो विश्वकप छनोटको १६ सदस्यीय टोलीमा सन्दीपको नाम छ । विश्वकप छनोट खेल असार ३ गतेदेखि जिम्बावेमा सुरु हुनेछ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा मङ्गलबार अन्तिम टुङ्गो लाग्न नसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।