शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदै

शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदै

काठमाडौं । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् । 

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।