‘मुख्यमन्त्री तथा मन्त्रीहरु बैठकमा किन आएनन्’

‘मुख्यमन्त्री तथा मन्त्रीहरु बैठकमा किन आएनन्’

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट अधिवेशन शनिबारदेखि शुरु भएको छ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशी  आजदेखि दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।

दिउँसो २ बजेदेखि शुरु भएको बैठकमा स्वयम मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित नभएपछि आलोचना भएको छ । शनिबार आर्थिक मन्त्री नरेशबहादुर शाहीले सभामा दर्ता भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७९ संशोधन गर्न बनेको विधेयक र आगामी आर्थिक वर्षको विनियोजन विधेयक सभामा पेश गरेका थिए ।

मन्त्री शाहीले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताबारे सभामा जानकारी गराएपछि नेकपा एमाले प्रदेश सभा सदस्यहरुले सरकारको बजेटका सिद्धान्त र प्राथमिकता पेश भइरहदा मुख्यमन्त्री तथा मन्त्रीहरुको अनुपस्थित हुनु जिम्मेवार सरकार नभएको बताए ।

‘सरकारका आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता सभामा पेश भइरहदा मुख्यमन्त्री र मन्त्रीहरु किन उपस्थित भएनन् । आफनो नीति तथा कार्यक्रमबारे सरकारले जिम्मेवारी त लिनुपर्ने हो’ उनले भने –‘सभामुख महोदय सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सभाको बैठकमा उपस्थित हुन भन्दै पत्र काट्नुपर्यो ।’

पाठकले बोले पछि सभामुख भरतबहादुर भण्डारीले दोस्रो अधिवेशनको प्रथम बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको जानकारी गराए ।