बानेश्वरमा कुटिए युवराज सफल कारण यस्तो

बानेश्वरमा कुटिए युवराज सफल कारण यस्तो

काठमाडौं । विभिन्न प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा हाल्दै हिड्ने युवराज पौडेल सफल कुटिएका छन् । सफलमाथि शनिबार नयाँ बानेश्वरमा कुटपिट भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सांसद पद खारेज भएपछि चर्चामा आएका सफललाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो ।

सफल शनिबार स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्क्याएका थिए । उनीहरूले जिस्क्याएपछि सफल जंगिएका थिए । जिस्क्याउँदा जंगिए सफलमाथि कुटपिट भएको हो ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएकाे छ । सफलमाथि कुटपिट गर्ने खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।