कञ्चनपुरमा जिपको  ठक्कर बाट  २ जना घाईते

कञ्चनपुरमा जिपको  ठक्कर बाट  २ जना घाईते

कञ्चनपुर । कञ्चनपुरमा पछाडीबाट जिपले ठक्कर दिदा २ जना घाईते भएका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रुलाई पछाडीबाट ठक्कर दिएको हो ।

 शनिबार बेलौरी नगरपालिक–९ रतनपुरका ३० बर्षीय साईकलमा सवार सुनिल चौधरी र १९ बर्षीय पवन चौधरीलाई पछाडीबाट जिपले ठक्कर दिदा दुबै जना घाईते भएका छन् ।

सुनिल चौधरीको टाउकोमा चोट लागेको छ भने पवन चौधरीको बाँया हात र खुट्टामा चोट लागेको छ । घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।