पर्यटन, कृषि र जलविद्युतलाई पहिलो प्राथमिता राखेर निति तथा कार्यक्रम निर्माण गर्नु पर्ने सुझाव

पर्यटन, कृषि र जलविद्युतलाई पहिलो प्राथमिता राखेर निति तथा कार्यक्रम निर्माण गर्नु पर्ने सुझाव

धनगढी । आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिममा कार्यरत वैङ्कक ताथ वित्तिय सस्थाहरु प्रमुख तथा प्रतिनिधिहरु संग सुझाव मागेका छन् ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा गरिबी निवारण तथा आर्थिक उत्थानसंग सम्वन्धित चुनौती तथा समस्या सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी २०८०-८१ को पुर्व बजेट छलफल तथा सुझाव संकलन गरेका हुन । सुदुरपश्चिम प्रदेश भित्र काम गर्ने सम्पुर्ण वैङ्कहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा अन्र्तक्रिया कार्यकाम गरीएको आर्थिक मामिला मन्त्री  नरेश कुमार शाहीको सचिवालयले जानकारी दिएको छ  ।

अन्र्तक्रिया कार्यक्रम आर्थिक मामिला मन्त्रालय र राष्ट्र बैङ्कको सयुक्त आयोजना गरीएको थियो । सुदूरपश्चिम प्रदेशको गरिवी निवारण संगै सुदूरपश्चिम पदेशको समृद्धिमा वैङ्कक तथा वित्तिय सस्थाहरुको भुमिका के हुन सक्छ र सुदूरपश्चिम प्रदेशले ल्याउने निति तथा कार्यक्रमको विषयमा अग्रिम शुझाप समेत मन्त्रालये मागेको छ  । कार्यक्रमका अधिकाँस सहभागिले पर्यटन, कृषि र जलविधुतलाई पहिलो प्राथमिता राखेर निति तथा कार्यक्रम  निर्माण गर्नु पर्ने सुझाव दिएका छन । 

कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा वैङ्कक तथा वित्तिय सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । भोली बाट प्रदेश शभा बैठकमा वजेटका प्राथमिकताका विषयमा छलफल हुदैछ ।