प्रेस युनियन लम्की शाखाको अध्यक्षमा पाण्डे, सचिवमा शाह

प्रेस युनियन लम्की शाखाको अध्यक्षमा पाण्डे, सचिवमा शाह

धनगढी । नेपाल प्रेस युनियन लम्की शाखाको पाँचौँ अधिवेशनले परमानन्द पाण्डेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ । 

नवगठित कार्य समितिको खुल्ला उपाध्यक्षमा चन्द्रप्रसाद खनाल समाबेशी उपाध्यक्ष रतनलाल चौधरी सचिवमा बिरेन्द्र शाह सह सचिवमा दिपाशेखा न्यौपाने कोषाध्यक्षमा धर्मेन्द्र बिष्ट निर्बिरोध निर्वाचित भएका छन् । 

सदस्यहरुमा हिक्मतप्रसाद उपाध्यय, नबिनकुमार देवकोटा, गणेशबहादुर क्षेत्री, सुधराम दहित, ज्योती सुनार, पबित्रा ढकाल र भरत थापा निर्वाचित भएका छन् ।