एक्जिएटा मलेसियाका उच्च कर्मचारी नक्कली डलरसहित विमानस्थलबाट पक्राउ

एक्जिएटा मलेसियाका उच्च कर्मचारी नक्कली डलरसहित विमानस्थलबाट पक्राउ

त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।

उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४ बाट काठमाडौं ओर्लिएका थिए।

'उनले भिसा दस्तुर बुझाउने क्रममा एक सय अमेरिकी डलर दिएका थिए, उनले दिएको त्यो डलर नक्कली भएको पत्ता लाग्यो, त्यसैले उनी अहिले प्रहरी नियन्त्रणमा छन् ' विमानस्थल प्रहरीका एसएसपी सन्दिप भण्डारीले भने।

उनी एक्जिएटा मलेसियाको हेड अफ इन्टरनल अडिट पदमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।  मलेसियाको एक्जिएटाले नेपालको एनसेलमा लगानी गरेको छ। थप अनुसन्धानका लागि उनलाई गौशाला प्रहरीमा राखिएको छ।