निरा पाण्डे हत्याकाण्ड : यस्तो छ हत्या आरोपी विनोदले दिएको बयान

निरा पाण्डे हत्याकाण्ड : यस्तो छ हत्या आरोपी विनोदले दिएको बयान

धनगढी। गत वैशाख ७ गते काठमाडौंको कपन सरस्वतीनगरमा भएको निरा पाण्डे आर्चायको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मासँग सरकारी वकिलको कार्यालयले बयान लिएको छ । आज सरकारी वकिलको कार्यालयले बयान सम्पन्न गरेर दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले आज विनोदसहित दुई जनाविरुद्ध कर्तव्य ज्यानमुद्दामा हदै सम्मको सजाय माग गरेर मुद्दा दायर गरेको हो । हत्यामा संलग्न विनोद र उनले लुटेको सुन धरौटीमा राख्ने प्रदीप गदाईलीविरुद्ध मुद्दा दायर भएको हो ।

भाँडापसल सञ्चालन गरेर बसेकी पाण्डेको शव गत वैशाख ७ गते आफ्नै पसलमा फेला परेको थियो । हत्याको ९ दिनपछि प्रहरीले हत्या आरोपी विकलाई झापाबाट पक्राउ गरेको थियो ।