निर्मला पन्त हत्या प्रकरणः वास्तविक अपराधी लुकाउन खोजेको आरोप, स्थानीयद्वारा प्रदर्शन

निर्मला पन्त हत्या प्रकरणः वास्तविक अपराधी लुकाउन खोजेको आरोप, स्थानीयद्वारा प्रदर्शन

महेन्द्रनगरः निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज महेन्द्रनगर बजार बन्द गराएका छन्।

प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभएको र घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बजार बन्द गराएका हुन। 

घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको स्थानीयको आरोप छ। 

निर्मलाका बास्तविक हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मीले समेत प्रहरीले घटनाको मुख्य दोषीलाई उम्काउन मानसिक रूपले ठीक नभएको मानिसलाई अभियुक्त बनाई सार्वजनिक गरेको आरोप लगाएका छन्।

प्रहरीले सोमबार भीमदत नगरपालिका १९ बागफाटाका ४१ वर्षिय दिलीप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। 

आज विहान देखि स्थानीयवासी र अधिकारकर्मीहरूले बजार बन्द गराएका छन्। उनीहरूले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन्। आन्दोलनमा उत्रिएको समूहले यातायात समेत बन्द गराएको छ। स्कुल कलेजका विद्यार्थी समेत आन्दोलनमा उत्रिएका छन्।