जसिताको ‘हनी बनी’ छायांकनमै रोकियो, रिलिजको टुंगो छैन

जसिताको ‘हनी बनी’ छायांकनमै रोकियो, रिलिजको टुंगो छैन

नायिका जसिता गुरुङले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा काम गरेपछि लकडाउन लगतै अर्को एउटा फिल्ममा पनि काम गरेकी थिइन् । फिल्मको नाम थियो ‘हनी बनी’ । यो फिल्मलाई  दिवाकर भट्टराइले निर्देशन गरिरहेका छन् ।

लण्डनमा सुटिङ भएको यो फिल्मको सुरुवातमा नायक अनमोल केसी र नायिका सारा सिर्पाली फाइनल भएका थिए । तर, साराको लण्डनको भिजा नलागेपछि अनमोल र सारा दुबैले फिल्मबाट हात झिके । पछि, दिवाकरले जसितालाई लिएर यो फिल्म बनाएका थिए । 

तर, यो फिल्म छायांकनमै रोकिएको छ । लण्डनको छायांकन सकिएपनि नेपालको छायांकन हुनै बाँकी छ । यो काम कहिले सुरु हुन्छ पक्का छैन । दिवाकरले यो बिषयमा भने–‘अब आफ्नै प्रोडक्शनको नयाँ फिल्मको तयारीमा छु । अब, मेरो घरको फिल्म सकिएपछि मात्र हनी बनीको छायांकन सुरु हुनेछ । यसका लागि समय लाग्छ ।’

एबी प्रोडक्शनको ब्यानरमा बनेको फिल्मको छायांकनको काम नै बाँकी रहेकाले यो फिल्म रिलिज कहिले होला भन्न सकिने अवस्थामा छैन । एबी प्रोडक्शनले नै बनाएको अर्को फिल्म ‘लण्डन टू पेरिस’को पनि रिलिज टुंगो लागेको छैन । 

नायिका जसिता गुरुङले भने फिल्म ‘फर्की फर्की’ साइन गरेकी छिन् । यो फिल्मको छायांकन भदौबाट सुरु हुने बताइएपनि पक्का छैन ।