शुभश्रीले टिकटक प्रतियोगिता गर्दै

शुभश्रीले टिकटक प्रतियोगिता गर्दै

धनगढी । शुभश्री पार्टी प्यालेसको प्रवद्र्धनका लागि खुला टिकटक प्रतियोगिता गर्ने भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्यालेसले भोलीदेखि जेठ २७ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार,  द्धितियले दश हजार र तृतियले सात हजार सहित विभिन्न आकर्षक उपहार रहेका छन् । 

टिकटक प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई सर्तहरु राखिएको छ । हरेक टिकटकरले शुभश्रीको प्रचार–प्रसार झल्कने गरि कन्टेन्ट बनाउनुपर्ने, आफैले बोलेको कन्टेन्ट बनाउनुपर्ने, शुभश्रीको आधिकारिक टिकटकमा ह्यासट्याग गरेर भिडियो हाल्नुपर्ने, शुभश्रीको स्विमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने सर्त रहेका छन् ।

पुरस्कार राशीसहित उत्कृष्ट पाँच जनालाई स्विमिङको प्याकेज, उत्कृष्ट तीनलाई निसर्ग अस्पतालमा पूर्ण शाररिक चेकजाँच, उत्कृष्ट पाँचलाई एसटीएसबाट दुई वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट ह्याम्पर रहेको आयोजकले जानकारी दिएको छ ।

सो प्रतियोगिताको मुख्य प्रवद्र्धक निसर्ग अस्पताल रहेको छ भने सह–प्रवद्र्धकमा बालाजी इलेक्ट्रोनिक्स र एसटिएस सिनेमा रहेको छ ।