रवि लामिछानेविरुद्ध सर्वोच्चमा फेरि रिट दर्ता

रवि लामिछानेविरुद्ध सर्वोच्चमा फेरि रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बुधबार सिन्धुलीका युवराज पौडेल ९सफल०ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता गराएका हुन् ।

दर्ता भएको रिट रिट निवेदनको पेसी जेठ १७ गतेलाई तोकिएको छ । सर्वोच्चमा दर्ता भएको रिटमा लामिछानेको सांसद पद खारेजसँगै सर्वोच्चको मिति २०७९–१०–१३ गतेको आदेशले कायम नरहेको भनि घोषित गरेको नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएको पनि भनिएको छ । साथै, सर्वोच्चको आदेशसँगै कायम नभएको नागरिकताको प्रतिलिपि अवैध र नेपाली नागरिकता कायम नभएको पनि भनिएको छ ।