जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री नियुक्त

जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मन्त्री नियुक्त गरेका हुन्। जसपाका नेता महतो मन्त्री नियुक्त भएसँगै प्रचण्ड नेत‌ृत्वको मन्त्रिपरिषद्‌ले पूर्णता पाएको छ। 

प्रधानमन्त्रीको सिफारिसमा जसपाकै प्रमिला कुमारीलाई राष्ट्रपति पौडेलले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका छन्। प्रमिला कुमारी यसअघि उपराष्ट्रपतिको उम्मेदवार समेत बनेकी थिइन्। 

जसपाबाटै उम्मेदवार बनेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा समर्थन गर्दै प्रमिलाले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गरेकी थिइन्।